Category: Uncategorized

शैक्षिक गुणस्तर वृद्धिका लागी अवलोकन भ्रमण

द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा मिति २०८२ पुस २० देखि २२गते सम्म QAA मान्यता प्राप्त कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (पोखरा), वालिङ बहुमुखी क्याम्पस (स्याङ्जा) र आदिकवि भानुभक्त क्याम्पस (तनहुँ) को शैक्षिक अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भयो। यस क्रममा शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर सुनिश्चितता सम्बन्धी विषयमा गहन छलफल र अभ्यास–साझेदारी गरियो।भ्रमणका क्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पससँग नयाँ सम्झौता–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो भने आदिकवि भानुभक्त क्याम्पससँगको MoU यसअघि नै सम्पन्न भइसकेको छ। यी सम्झौताअनुसार शैक्षिक सहकार्य, अनुसन्धान, क्षमता विकास र गुणस्तर सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आपसी प्रतिबद्धता व्यक्त गरिएको छ।छलफलमा विद्यार्थी–शिक्षक–कर्मचारीमैत्री वातावरण, निरन्तर…

परम्परागत सीप हस्तान्तरणका लागि बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका छात्राहरुलाई दुना टपरी बुन्ने तालिम प्रदान गरिएको छ । दुना टपरी बुन्ने परम्परागत सीपलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले तालिम संचालन गरिएको क्याम्पसले जनाएको छ । सालको पातबाट दुना, टपरी र बोगता वुन्न सिकाइएको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । ‘मौलिक परम्परा र संकृति जर्गेनासँगै परम्परागत सीप युवापुस्तामा हस्तान्तरण गर्ने उदेश्य हो,’ उनले भने, ‘यो सीप बिद्यार्थीहरुका लागि आर्थिक उपार्जनको माध्यम पनि बन्न सक्छ ।’ पछिल्लो समय बढ्दै गएको प्लाष्टिकका थाल र कचौराको प्रयोगलाई स्थानीय स्रोत साधनबाट निरुत्साहित गर्न पनि तालिमले सहयोग पुग्ने उनको अपेक्षा छ । क्याम्पसको सिकौ र सिकाऔ भन्ने अभियान अन्तरगत तालिम…

११ औँ क्याम्पस सभा सम्पन्न

QAA मान्यता प्राप्त सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखाको ११ औ क्याम्पस सभा जिल्ला समन्वय समितिका प्रमुख श्री मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री शित्तल काजी मास्केको अध्यक्षतामा सम्पन्न क्याम्पस सभामा क्याम्पस प्रमुख श्री एकदेव अधिकारीले क्याम्पसको शैक्षिक प्रगति प्रतिवेदन तथा आगामी शैक्षिक सत्रको योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । समितिका कोषाध्यक्ष श्री ईश्वरकाजी मास्केले आ.ब.२०८१/०८२ को लागि रु. ४ करोड ४ लाख ४० हजार ५ सय रुपयाको आय व्यय तथा बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा विशिष्ट अतिथि नगर प्रमुख श्री कृष्ण बहादुर राना, विशेष अतिथी नगर…

Admission Open

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA)  मान्यता प्राप्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको पहिचान बनाएको गोरखा जिल्लाको पहिलो सामुदायिक द्रब्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखामा शैक्षिक सत्र २०७९–०८० का लागि  Bachelor First Year (BBS/BA/B.Ed)  मा नयाँ भर्ना खुल्यो
Topup – Drabya Shah Multiple Campus