Month: December 2021

अध्यापन अनुमति पत्रकोलागि परीक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाले शिक्षा शास्त्र संकाय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यापन आनुमति पत्रको तयारी परीक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। शिक्षा शास्त्र विभागको आयोजनामा विभागीय प्रमूख कृष्ण प्रसाद पराजुलीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख चन्द्र बहादुर खड्काले शिक्षा शास्त्रमा अध्ययन गर्ने करिब ७६ विद्यार्थीहरुलाई अध्यापन अनुमति पत्रको पाठ्यक्रम र विद्यार्थीहरुले उक्त परीक्षाको तयारीकालागि अपनाउनु पर्ने शैक्षिक क्रियाकलापहरुका बारेमा सहजीकरण गर्नु भएको थियो।

द्रब्यशाह बहुमुखी क्याम्पसमा सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ्ग सम्बन्धी बित्तिय साक्षरता कार्यक्रम संचालन !!!

राष्ट्रिय स्तरको बिकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक गोरखा शाखाले आफ्नो सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्तरगत डिजिटल बैंकिङ्ग सम्बन्धी बित्तिय साक्षरता कार्यक्रम गरेको छ । आइतबार सदरमुकाममा अबस्थीत द्रब्यशाह बहुमुखी क्याम्पसमा बि.बि.एस दोस्रो तथा तेस्रो बर्षमा अध्ययनरत बिधार्थीहरु माझ उत्त कार्यक्रम गरिएको बैंकका कर्मचारी अनिल भण्डारीले जानकारी दिए । कार्यक्रम बैकको गोरखा क्लष्टर प्रमुख महेश अघिकारिको सभापतित्व तथा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको प्रमुख अतिथ्यतामा सम्पन्न भयको थियो, भने डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम गोरखा शाखाका शाखा प्रमुख सन्दिप श्रेष्ठले सञ्चालन गरेका थिए । उत्त कार्यक्रममा करिब ६५ जना बिधार्थीहरुको उत्साहप्रद सहभागीता रहेको साथै अन्य शिक्षक शिक्षिका तथा बैंकका कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो…
Topup – Drabya Shah Multiple Campus