Month: August 2021

“Late Tek Bahadur-Hari Maya Maskey Scholarship” established !!

द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी समाजका अध्यक्ष ईश्वर काजी मास्केले आफ्ना दिवंगत पिता टेकबहादुर मास्के र माता हरिमाया मास्केको स्मरणमा रू २११००० |- को छात्रवृत्ति कोस स्थापना गर्नुभएको छ | उक्त रकमबाट प्राप्त ब्याजबाट बार्षिक दुई जना बिद्यार्थीहरुलाई “स्व टेकबहादुर-हरिमाया मास्के छात्रवृत्ति” प्रदान गर्ने घोषणा गर्नुभयो |

डिजिटल पुस्तकालय सुरु !!

गोरखा । गोरखाकाे लक्ष्मीबजारमा रहेकाे द्रव्यशाह बहुमुखी क्याम्पसले डिजिटल पुस्तकालय सुरु गरेकाे छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयकाे सहयाेगमा क्याम्पसमा डिजिटल पुस्तकालय स्थापना गरिएकाे हाे । साेकाे बारे बिहिबार विश्वविद्यालयकाे केन्द्रीय पुस्तकालयले क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण समेत गराएकाे क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिए । कार्यक्रमकाे विज्ञद्वय विजय शर्मा र जीवनाथ न्याैपानेले रेमाेटेक्सको माध्यमबाट विद्यार्थी तथा प्राध्यापकहरुले घरमै बसी बसी आफुलाई आवश्यक पर्ने डिजिटल पाठ्य सामग्रीहरु के कसरी प्राप्त गर्ने वा अध्ययन गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गराएका थिए । बिहिबार नै केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम मार्फत द्रब्य शाह क्याम्पसमा डिजिटल पुस्तकालय सेवा…