Month: June 2026

द्रब्य दर्पण

तल दिएकाृे सुचनालाई क्याम्पस संस्थापकहरु, क्याम्पसको आधारमा क्याम्पस सभाका सदस्यहरु, क्याम्पस सञ्चालक समिति, कार्यरत प्राध्यापक, कर्मचारीहरु, स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थीहरुले आफ्नो सुचना प्रदान गरी सहयोग गरिदिनु हुनु अनुरोध गरिन्छ ।द्रब्य दर्पण प्रकाशन समिति https://forms.gle/Lkoi8kVtezWqV4Xi8 Scan Me Google Form

Soft Skill Development Program

मिति २०८३ आषाढ ५ गते द्रब्यशाह बहुमुखी क्याम्पस शिक्षा विभागको आयोजनामा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि सहयोगत्मक सिकाई विकासका लागि Case Study समुहगत छलफल र प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न गरियो कार्यक्रम विभागीय प्रमुख श्री जयराम अधिकारीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख एवम् विभागीय सदस्य श्री कृष्णप्रसाद पराजुलीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सम्पुर्ण विभागीय प्राध्यापकहरुको समेत सहभागीता रहेको थियो ।

Farewell Programe

आज मिति २०८३ साल असार २ गते द्रब्य शाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोरखाको आयोजना तथा अतिरिक्तक्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी यूनियनको समन्वयमा स्नातक तह चौथो वर्ष र स्नातकोत्तर तह चौथो सेमेस्टमाअध्ययनरत विद्यार्थीहरुको विदाइ कार्यक्रम सम्पन्न भयो ।

Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI

द्रब्य शाह बहुुमुुखी क्याम्पसको आयोजना र विश्व विद्यालय अनुुदान आयोगको आर्थिक सहयोगमा प्राध्यापकहरुको क्षमता अभिवृदि गर्नका लागि तीन दिने Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI कार्यक्रम मिति २०८३ साल जेठ २२ गते देखि सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमको पहिलो दिनका सत्रहरु यसै क्याम्पसका सह प्राध्यापक कृष्ण प्रसाद पराजुुली, सह प्राध्यापक जयराम अधिकारी र उप प्राध्यापक नकुुल थापाले सहजीकरण गर्नुु भएको थियो भने दोस्रो दिनका सत्रहरु त्रि. वि. ब्यबस्थापन संकायका सहायक डिन प्रा. डा. दिलीप पराजुुली र सह प्राध्यापक प्रकास श्रेष्ठले सहजीकरण गर्नुु भएको थियो । उक्त तीन दिने कार्यक्रमको समापन भोलि २३ गते गरिने छ…

Case Analysis Workshop

द्रब्यशाह बहुुमुुखी क्याम्पसको आयोजना यस क्याम्पसको ब्यबस्थापन संकाय स्नातकोत्तर तह प्रथम र तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने Case Analysis Workshop कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण त्रि. वि. ब्यबस्थापन संकायका सहायक डिन प्रा. डा. दिलीप पराजुुली र सह प्राध्यापक प्रकाश श्रेष्ठले गर्नुु भएको थियो ।
Topup – Drabya Shah Multiple Campus