परम्परागत सीप हस्तान्तरणका लागि बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम
गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका छात्राहरुलाई दुना टपरी बुन्ने तालिम प्रदान गरिएको छ । दुना टपरी बुन्ने परम्परागत सीपलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले तालिम संचालन गरिएको क्याम्पसले जनाएको छ । सालको पातबाट दुना, टपरी र बोगता वुन्न सिकाइएको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । ‘मौलिक परम्परा र संकृति जर्गेनासँगै परम्परागत सीप युवापुस्तामा हस्तान्तरण गर्ने उदेश्य हो,’ उनले भने, ‘यो सीप बिद्यार्थीहरुका लागि आर्थिक उपार्जनको माध्यम पनि बन्न सक्छ ।’ पछिल्लो समय बढ्दै गएको प्लाष्टिकका थाल र कचौराको प्रयोगलाई स्थानीय स्रोत साधनबाट निरुत्साहित गर्न पनि तालिमले सहयोग पुग्ने उनको अपेक्षा छ । क्याम्पसको सिकौ र सिकाऔ भन्ने अभियान अन्तरगत तालिम…
अभिमुखीकरण कार्यक्रम सम्पन्न
द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार, गोरखामा स्नातक तह प्रथम वर्षका नयाँ विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले विद्यार्थीहरूलाई क्याम्पसको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक संरचना, सेवा-सुविधा, नियम तथा अनुशासन, प्रशासनिक प्रक्रिया, सामूहिक क्रियाकलाप, र भविष्यका योजनाबारे व्यापक जानकारी प्रदान गर्दै सकारात्मक दृष्टिकोण र लक्ष्य निर्धारणमा प्रेरित गर्यो । कार्यक्रममा क्याम्पसका प्रशासनिक प्रतिनिधि, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी, बिभागीय प्रतिनिधि, प्राध्यापक, र कर्मचारीहरूका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गर्दै विद्यार्थीलाई अनुशासन पालना, जिम्मेवारीपूर्ण अध्ययन, र उपलब्ध अवसरहरूको अधिकतम उपयोगका लागि प्रेरणा दिनुभयो । क्याम्पसको पुस्तकालय, प्रयोगशाला, खेलकुद सुविधा, छात्रवृत्ति, र अन्य सेवाबारे विस्तृत जानकारीसहित सहकार्यपूर्ण वातावरणमा विद्यार्थीहरूको हरेक आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरियो । यस कार्यक्रमले विद्यार्थीहरूको प्रारम्भिक अनुभवलाई सहज बनाउँदै क्याम्पस र विद्यार्थीहरूबीच सकारात्मक सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण भूमिका…

