अतिरिक्त क्रियाकलाप
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नियमित पठनपाठनको अतिरिक्त शारीरिक, मानसिक, सामाजिक, सम्वेगात्मक र वौद्धिक लगायत अन्य अति आवश्यक पक्षहरुको विकास गर्न तथा विद्यार्थीहरु बीच खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित र सुब्यवस्थित रुपले सञ्चालन गर्ने काम अतिरिक्त क्रियाकलाप समितिले गर्दै आएको छ । क्याम्पसमा उपलब्ध सिमित श्रोत र साधनहरुको अधिक्तम उपयोग गरी प्रत्येक शैक्षिक वर्षको बिभिन्न समय र अवसरहरुमा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता गराई विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अतिरिक्त क्रियाकलाप समितिका संयोजक तथा सदस्यहरुको नामावली
क्र.स. | नाम | पद | कैफियत |
---|---|---|---|
१ | श्री केशव राज रेग्मी | संयोजक | |
२ | श्री जयराम अधिकारी | सदस्य | |
३ | श्री नकुल थापा | सदस्य | |
४ | श्री शरण श्रेष्ठ | सदस्य | |
५ | श्री अन्जन बस्न्यात | सदस्य | |
६ | श्री सुनिल अर्याल | सदस्य | |
७ | श्री विष्णु प्रसाद कट्टेल | सदस्य |
छात्रा भलिबलमा द्रब्यशाह प्रथम
द्रब्यशाह बहुमुखी क्याम्पस, वी.एड. तेसंो वर्षमा स्वास्थ्य शारीरिक शिक्षा मुल विषय लिई अध्ययनरतरत विद्यार्थीहरुको शारीरिक शिक्षामा अनुन्धान तथा प्रोजेक्ट मिट (कोड नं. ४३४)को आंशिक पाठ्यभार पुरा गर्न यहि मिति २०७६ फागुन ३० गते क्याम्पसमा आयोजित कक्षा ११ र १२ स्तरीय छात्रा भलिबल प्रतियोगितामा द्रब्यशाह बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै गरी द्धितीय र तृतीय क्रमश शक्ती मा.वि. पाटेचौर र महेन्द्रज्योति मा.वि. दरबारमार्ग, गोरखा सफल भएको छ । उक्त प्रतियोगितमा गोरखा नगरपालिका भित्रका पाँचवटा मा.वि. र एक क्याम्पसको सहभागिता रहेको थियो । प्रतियोगितामा सफल विद्यार्थीहरुलाई क्याम्पस प्रमुख रामचन्द्र दुवाडीद्धारा मेडल प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।