Month: January 2022

नयाँ भर्ना तथा पठनपाठन संबन्धमा !!!

यस क्याम्पसमा शैक्षिक सत्र २०७८/२०७९ मा स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, व्यबस्थापन एवं शिक्षा शास्त्र संकाय अन्तर्गत BA/BBS/BEd प्रथम वर्षको पठनपाठन यही माघ १० गते बाट संचालन हुने भनी सुचना सम्प्रेषण गरिएकोमा COVID-19को नयाँ ओमिक्रोंन भाइरसको बढ्दो जोखिमका कारण अझै नयाँ विद्यार्थीहरु भर्ना हुने र MS-Teams को ID/Password लिने क्रम जारी रहेकोले मिति २०७८ माघ १७ गते सोमबारबाट बिहानी सत्रमा ६:३० बजे बाट संचालन हुने जानकारीका साथ यो सुचना जारी गरिएको छ | दैनिक पठनपाठनको तालिका बिद्यार्थीको ID मा उपलब्ध गराइने ब्यहोरा समेत जानकारी गराइन्छ |

Online माध्यमबाट पठनपाठन संबन्धमा !!!

बिश्वमा फैलिरहेको COVID-19 – ओमिक्रोन भाइरसको बढ्दो जोखिमका कारण त्रिभुबन विश्व बिद्यालयद्वारा मिति २०७८ माघ ९ गते जारी सुचनाका आधारमा यस क्याम्पसमा संचालित स्नातक तहको दोस्रो र तेस्रो वर्ष एवं स्नातकोत्तर तहको पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई संलग्न तालिका अनुसार मिति २०७८ माघ १२ गते देखि online system बाट पठनपाठन हुने ब्यहोरा संबन्धित सम्पूर्ण बिद्यार्थीहरु एवं प्राध्यापकहरुमा जनाकरिको लागि सुचित गरिएको छ |

नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे !!!

द्रब्यशाह बहुमुखी क्याम्पसमा भएकाे नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे भएकी छिन् ।क्याम्पसकाे अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा भएको प्रतियाेगितामा नेपाली पहिलाे भएकी हुन् । विभागका संयाेजक केशब राज रेग्मीको अध्यक्षतामा भएकाे प्रतियाेगितामा कक्षा १२ का पुष्पा राना मगर र साेविता बस्न्यात दाेस्राे र बिएड पहिलाे बर्षका प्रतिभा गुरुङ र माया गुरुङ तेस्राे भएका छन् ।क्याम्पस प्रमुख रामचन्द्र दुवाडीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कक्षा ११ कि आयुषा थापा र धनबहादुर गुरुङ सान्त्वना भएका छन् ।कार्यक्रममा क्याम्पस प्रमुख दुवाडी र स्वतन्त्र विधार्थी युनियन द्रब्यशाह बहुमुखी क्याम्पसका उप सभापति शिवहरी तिमिल्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै कार्यक्रम आयाेजनाकाे प्रविधिक संयोजक जयराम अधिकारीले गरेका थिए…
Load popup – Drabya Shah Multiple Campus