Year: 2026

Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI

द्रब्य शाह बहुुमुुखी क्याम्पसको आयोजना र विश्व विद्यालय अनुुदान आयोगको आर्थिक सहयोगमा प्राध्यापकहरुको क्षमता अभिवृदि गर्नका लागि तीन दिने Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI कार्यक्रम मिति २०८३ साल जेठ २२ गते देखि सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमको पहिलो दिनका सत्रहरु यसै क्याम्पसका सह प्राध्यापक कृष्ण प्रसाद पराजुुली, सह प्राध्यापक जयराम अधिकारी र उप प्राध्यापक नकुुल थापाले सहजीकरण गर्नुु भएको थियो भने दोस्रो दिनका सत्रहरु त्रि. वि. ब्यबस्थापन संकायका सहायक डिन प्रा. डा. दिलीप पराजुुली र सह प्राध्यापक प्रकास श्रेष्ठले सहजीकरण गर्नुु भएको थियो । उक्त तीन दिने कार्यक्रमको समापन भोलि २३ गते गरिने छ…

Case Analysis Workshop

द्रब्यशाह बहुुमुुखी क्याम्पसको आयोजना यस क्याम्पसको ब्यबस्थापन संकाय स्नातकोत्तर तह प्रथम र तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने Case Analysis Workshop कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण त्रि. वि. ब्यबस्थापन संकायका सहायक डिन प्रा. डा. दिलीप पराजुुली र सह प्राध्यापक प्रकाश श्रेष्ठले गर्नुु भएको थियो ।

Campus Visit by Japanese Citizens

द्रव्यशाह ब क्याम्पस: २०८३\०१\१३ गते यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाका अध्यक्ष श्री मनोज प्रसाद धितालज्यूको आमन्त्रणमा नेपालको विभिन्न ठाउँहरूको शैक्षिक संस्था व्यवस्थापन तथा संचालनमा सहयोग गर्नुहुने जापनिज नागरिकहरू Dr.Taki Kazumi, Mr.Oota Utsuo, Mr. Kozono Yochuo ले Campus Visit गर्नुभयो । सहायक क्याम्पस प्रमुख श्री कृष्ण प्रसाद पराजुलीले क्याम्पसको वर्तमान अवस्था बारे जानकारी गराउनुभयो भने अध्यक्ष श्री मनोज प्रसाद धिताल र क्याम्पस प्रमुख श्री एकदेव अधिकारीले स्वागत गर्नुभयो ।Dr.Taki ले क्याम्पस Visit गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।

MA Sociology बिषय थपको लागि सम्भाव्यता अध्ययन

यस क्याम्पसमा MA कार्यक्रममा Sociology बिषय थपको लागि Humanities Dean’s Office बाट Dr.Bamdev Adhikari को नेतृत्वमा प्रा.डा.शशिधर राम जोशी र लेखा प्रमुख दयाराम जोशी सहितको टोलीले सम्भाव्यता अध्ययन गर्नुभयो । क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष श्री मोहन प्रकाश पोखरेल, क्याम्पस प्रमुख श्री एकदेव अधिकारी, सहायक क्याम्पस प्रमुख श्री कृष्ण प्रसाद पराजुली, निवर्तमान क्याम्पस प्रमुख श्री रामचन्द्र दुवाडी, विभागीय प्रमुख (व्य) श्री कुशललाल श्रेष्ठ र प्रशासन प्रमुख श्री सुजन कुॅवरको उपस्थिति रहेको थियो ।

द्रव्यशाहमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम

क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थीहरुलाई कानूनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा जानकारी दिने उद्देश्यले गोरखा नगरपालिकाको न्यायिक समितिले ‘विद्यार्थीसंग न्यायिक समिति’ कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहको न्यायिक समितिले सम्पादन गर्दै आएका काम कारबाहीको बारेमा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यसहित द्रव्यशाह क्याम्पसमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम सम्पन्न भएको हो । गोरखा नगरपालिका, न्यायिक समितिको आयोजना तथा क्याम्पसको समन्वयमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलार्ई कानुनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा अभिमुखीकरण गरिएको सहायक क्याम्पस प्रमुख कुष्णप्रसाद पराजुलीले बताए । ‘क्याम्पसमा अध्ययनरत्त विद्यार्थीहरुलाई कानुनी सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रमको आयोजना भएको हो’, उनले भने ।…

जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन

मिति २०८२ फागुन ३० गते यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा समुदायमा जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन १ दिने कार्यशाला गोष्ठी जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहनवहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । डिभिजन बन कार्यालय, गोरखाका प्रमुख श्री मदन मोहन सालिण्य र कृषि ज्ञानकेन्द्रका प्रमुख श्री कुलप्रसाद तिवारीले कार्यक्रम सहजिकरण गर्नुभएको थियो । क्याम्पस प्रमुख श्री एकदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय सामुदायिक बन समुह, कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सोही अवसरमा श्री टक्सारटारी सामुदायिक बन उपभोक्ता समूहको आहाले डाँडामा आगलागी नियन्त्रण र अग्निरेखा बनाउन प्रशिक्षण समेत प्रदान…

Ethical Use of AI in Research and Publication

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको आयोजनामा Workshop on Ethical Use of AI Research & Publication शुरूभएको छ । वर्कसपमा क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरू , गोरखा क्याम्पस, भवानी बहुमुखी क्याम्पस, भिमोदय बहुमुखी क्याम्पस, आबुखैरेनी बहुमुखी क्याम्पसका प्राध्यापकहरूको सहभागीता रहेको छ । नीति तथा अनुसन्धान कार्यालयका डा.निरञ्जन देवकोटाज्यूले प्रशिक्षण गर्नुभएको छ
Topup – Drabya Shah Multiple Campus