जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन

जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन

मिति २०८२ फागुन ३० गते यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा समुदायमा जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन १ दिने कार्यशाला गोष्ठी जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहनवहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । डिभिजन बन कार्यालय, गोरखाका प्रमुख श्री मदन मोहन सालिण्य र कृषि ज्ञानकेन्द्रका प्रमुख श्री कुलप्रसाद तिवारीले कार्यक्रम सहजिकरण गर्नुभएको थियो । क्याम्पस प्रमुख श्री एकदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय सामुदायिक बन समुह, कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सोही अवसरमा श्री टक्सारटारी सामुदायिक बन उपभोक्ता समूहको आहाले डाँडामा आगलागी नियन्त्रण र अग्निरेखा बनाउन प्रशिक्षण समेत प्रदान गरिएको थियो । कार्यक्रम प्रभावकारी बनाउन सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दछौ ।

Topup – Drabya Shah Multiple Campus