Category: News and Activities

४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२

जनसहभागिताबाट सञ्चालित QAA प्राप्त जिल्लाको पहिलो र ठूलो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसको ४१ औ बार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री मनोज प्रसाद धितालज्यूको सभापतित्वमा सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा.महानन्द चालिसेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कानुन संकायका सहायक डीन सह प्राध्यापक श्री केशरमणी अर्यालज्यूको विशिष्ट आतिथ्यतामा भएको थियो ।कार्यक्रममा क्याम्पसमा स्थापना भएका छात्रवृत्ति अक्षयकोष दाताहरुलाई सम्मान, दिर्घसेवा पदकबाट सम्मान, Faculty Publication Award, Best Thesis Award, Toper Student Award [Faculty wise], Best project Report Award नगद तथा सम्मान, मुलकी खरीदार गुणवन्त सिंह पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा संस्थापक…

अभिमुखीकरण कार्यक्रम सम्पन्न

द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार, गोरखामा स्नातक तह प्रथम वर्षका नयाँ विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले विद्यार्थीहरूलाई क्याम्पसको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक संरचना, सेवा-सुविधा, नियम तथा अनुशासन, प्रशासनिक प्रक्रिया, सामूहिक क्रियाकलाप, र भविष्यका योजनाबारे व्यापक जानकारी प्रदान गर्दै सकारात्मक दृष्टिकोण र लक्ष्य निर्धारणमा प्रेरित गर्यो । कार्यक्रममा क्याम्पसका प्रशासनिक प्रतिनिधि, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी, बिभागीय प्रतिनिधि, प्राध्यापक, र कर्मचारीहरूका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गर्दै विद्यार्थीलाई अनुशासन पालना, जिम्मेवारीपूर्ण अध्ययन, र उपलब्ध अवसरहरूको अधिकतम उपयोगका लागि प्रेरणा दिनुभयो । क्याम्पसको पुस्तकालय, प्रयोगशाला, खेलकुद सुविधा, छात्रवृत्ति, र अन्य सेवाबारे विस्तृत जानकारीसहित सहकार्यपूर्ण वातावरणमा विद्यार्थीहरूको हरेक आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरियो । यस कार्यक्रमले विद्यार्थीहरूको प्रारम्भिक अनुभवलाई सहज बनाउँदै क्याम्पस र विद्यार्थीहरूबीच सकारात्मक सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण भूमिका…
Topup – Drabya Shah Multiple Campus