द्रब्यशाह बहुमुखी क्याम्पस गोरखाको संचालक समितिको अध्यक्षमा शितल काजी मास्के चयन !!!

गोरखाको लक्ष्मी बजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् । २०७९ मंसिर २४ गते सम्पन्न क्याम्पसको सातौ वार्षिक सभा तथा तेस्रो अधिवेशनबाट मास्केको अध्यक्षतामा नयाँ संचालन समिति चयन गरिएको हो । जसमा महालक्ष्मी माविका प्रअ चुण्डामणी काप्री, शाक्ति मावि प्रअ बद्री अर्याल, छात्रवृत्तिदाताहरुकोतर्फबाट इश्वरकाजी मास्के, स्थानीय महिला प्रतिनिधि मिरा पुडासैनी र अभिभावक प्रतिनिधि नन्दलाल बगाले चयन भएका छन् । सञ्चालक समितिमा क्याम्पस प्रमुख पदेन सदस्य सचिव सहित पदेन सदस्यहरुमा त्रिवि प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, नगरप्रमुख, वडा अध्यक्ष, प्राध्यापक प्रतिनिधि, स्ववियु सभापति र निवर्तमान अध्यक्ष रहने व्यवस्था छ । समाजसेवी तथा शिक्षा विदहरुबाट चारजना पछि…

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा जेनिस व्हिपल क्याम्पस विकास कोष स्थापना !!!

अमेरिकी नागरिक प्राध्यापक डाक्टर जेनिस ह्विपलको नाममा गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा करीव १० करोड रुपैयाँको अक्षयकोष स्थापना भएको छ । क्याम्पस सञ्चालक समितिको कात्तिक २३ गतेको बैठकले अमेरिकाबाट प्राप्त ७ लाख ४१ हजार ७ शय २३ डलर अर्थात ९ करोड ७८ लाख ९८ हजार ३ शय १३ रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । सन् २००४ मा दोस्रो पटक नेपाल भ्रमण गर्दा संस्थापक क्याम्पस प्रमुख एवम् सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय मोहननारायण श्रेष्ठसँग गरेको मौखिक प्रतिवद्धता अनुसार रकम प्राप्त भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताउनुभयो ।  श्रेष्ठको सम्पर्कमा आउनुभएका ह्विपलले बाँकी रहेको नीजि सम्पत्ति आफ्नो मृत्यु पश्चात क्याम्पसलाई प्रदान…

Admission Open

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA)  मान्यता प्राप्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको पहिचान बनाएको गोरखा जिल्लाको पहिलो सामुदायिक द्रब्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखामा शैक्षिक सत्र २०७९–०८० का लागि  Bachelor First Year (BBS/BA/B.Ed)  मा नयाँ भर्ना खुल्यो

द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखामा ३८ औं बार्षिकोत्सब सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखाले तीज गीत प्रतियोगिता एवं विविध मनोरन्जनात्मक कार्यक्रमहरु गरी ३८ औं बार्षिकोत्सब भव्यताकासाथ सम्पन्न गरेको छ | क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसको समसामयिक गतिविधिका बारेमा क्याम्पस प्रमुख श्री रामचन्द्र दुवाडीले प्रकाश पार्नुभएको थियो भने उपस्थित विधार्थीहरुबाट विभिन्न प्रतियोगी तथा अप्रतियोगी मनोरन्जनात्मक नाजगान, कलाकारिता एवं आफ्ना अन्तर्निहित प्रतिभाहरुको प्रस्तुत गरिएको थियो |
Topup – Drabya Shah Multiple Campus