छात्रा भलिबलमा द्रब्यशाह प्रथम
द्रब्यशाह बहुमुखी क्याम्पस, वी.एड. तेसंो वर्षमा स्वास्थ्य शारीरिक शिक्षा मुल विषय लिई अध्ययनरतरत विद्यार्थीहरुको शारीरिक शिक्षामा अनुन्धान तथा प्रोजेक्ट मिट (कोड नं. ४३४)को आंशिक पाठ्यभार पुरा गर्न यहि मिति २०७६ फागुन ३० गते क्याम्पसमा आयोजित कक्षा ११ र १२ स्तरीय छात्रा भलिबल प्रतियोगितामा द्रब्यशाह बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै गरी द्धितीय र तृतीय क्रमश शक्ती मा.वि. पाटेचौर र महेन्द्रज्योति मा.वि. दरबारमार्ग, गोरखा सफल भएको छ । उक्त प्रतियोगितमा गोरखा नगरपालिका भित्रका पाँचवटा मा.वि. र एक क्याम्पसको सहभागिता रहेको थियो । प्रतियोगितामा सफल विद्यार्थीहरुलाई क्याम्पस प्रमुख रामचन्द्र दुवाडीद्धारा मेडल प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको…
पूर्व विद्यार्थी समाजबाट क्याम्पसलाई सहयोग
पुर्व विद्यार्थी समाजको तर्फबाट क्याम्पसको प्रशासन अगाडि कोरीडोरमा सेवाग्राहीको लागी बस्ने रेक्जिन भएको waiting सिट ६ वटा र पुस्तकालयमा रेफरेन्स सेकसनको लागि २ वटा दराज गरी करीव रू.८१,०००।- बराबरको फर्निचर सहयोग प्रदान भएकोमा हार्दिक आभार सहित पूर्व विद्यार्थी समाजका अध्यक्ष र उहाको टिम साथै सहयोगी हातहरू प्रति धन्यवाद ज्ञापन गर्दछौ ।
संचालक समितीको बैठक
द्रब्यशाह बहुमुखी क्याम्पसको संचालक समितिको बैठक यहि मिति २०७६ फागुन १६ गते समितिको अध्यक्ष धिरज बहादुर मास्केको अध्यक्षता बसी विश्व विद्यालय अनुदान आयोगबाट क्यु ए ए को लागि हुन लागेको PRT Visit भिजिटका बारेमा छलफल गरियो
Volunteer Aidan Warlow द्धारा क्याम्पसको Visit
काठमाण्डौ विश्वविद्यालयका Curriculum Consultant बेलायती नागरीक एवं शिक्षाविद्, GDS UK का Volunteer Aidan Warlow ले क्याम्पसको Visit गर्नुहुदै
स्रोत व्यवस्थापन सम्वन्धी बिषयमा प्रशिक्षण
बिद्यार्थी रोजगार तथा परामर्श एकाइको आयोजनामा आज २०७६/११/१६ गते व्यवस्थापन संकाय स्नातक तहका बिद्यार्थीहरूलाई वितिय क्षेत्रमा मानव स्रोत व्यवस्थापन सम्वन्धी बिषयमा प्रशिक्षण दिनुहुने रा.बा.बैक गोरखाका सहायक प्रवन्धक तथा यस क्यापसका पूर्व बिद्यार्थी सुजन क्यापछाकी मगरज्युलाई धन्यवाद सहित आभार व्यक्त गरीन्छ ।


