Year: 2022

QAA कालागि PRT Follow Up Visit सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा QAA कालागि PRT Follow Up Visit कार्यक्रम सम्पन्न भएको छ | विश्व विद्यालय अनुदान आयोगबाट प्रा. डा. शिव कुमार राईको संयोजकत्वमा गठीत Peer Review Team ले चैत २१, २२ र २३ गते क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्षहरुसँग क्याम्पसको गुणस्तरियताका बारेमा आन्तार्क्रिया गरी सो कार्यक्रम सम्पन्न गरेको हो | कार्यक्रमका अवसरमा क्याम्पसको गुणस्तरियताकालागि समग्र पक्षहरुमा सुझाव प्रदान गरेकोमा क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केले संयोजक प्रा. डा. शिव कुमार राई, PRT सदस्य आश्मा आधिकारी एवं विश्व बिद्यालय अनुदान आयोगप्रति हार्दिक आभार व्यक्त गर्नु भयो |

नयाँ भर्ना तथा पठनपाठन संबन्धमा !!!

यस क्याम्पसमा शैक्षिक सत्र २०७८/२०७९ मा स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, व्यबस्थापन एवं शिक्षा शास्त्र संकाय अन्तर्गत BA/BBS/BEd प्रथम वर्षको पठनपाठन यही माघ १० गते बाट संचालन हुने भनी सुचना सम्प्रेषण गरिएकोमा COVID-19को नयाँ ओमिक्रोंन भाइरसको बढ्दो जोखिमका कारण अझै नयाँ विद्यार्थीहरु भर्ना हुने र MS-Teams को ID/Password लिने क्रम जारी रहेकोले मिति २०७८ माघ १७ गते सोमबारबाट बिहानी सत्रमा ६:३० बजे बाट संचालन हुने जानकारीका साथ यो सुचना जारी गरिएको छ | दैनिक पठनपाठनको तालिका बिद्यार्थीको ID मा उपलब्ध गराइने ब्यहोरा समेत जानकारी गराइन्छ |

Online माध्यमबाट पठनपाठन संबन्धमा !!!

बिश्वमा फैलिरहेको COVID-19 – ओमिक्रोन भाइरसको बढ्दो जोखिमका कारण त्रिभुबन विश्व बिद्यालयद्वारा मिति २०७८ माघ ९ गते जारी सुचनाका आधारमा यस क्याम्पसमा संचालित स्नातक तहको दोस्रो र तेस्रो वर्ष एवं स्नातकोत्तर तहको पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई संलग्न तालिका अनुसार मिति २०७८ माघ १२ गते देखि online system बाट पठनपाठन हुने ब्यहोरा संबन्धित सम्पूर्ण बिद्यार्थीहरु एवं प्राध्यापकहरुमा जनाकरिको लागि सुचित गरिएको छ |

नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे !!!

द्रब्यशाह बहुमुखी क्याम्पसमा भएकाे नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे भएकी छिन् ।क्याम्पसकाे अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा भएको प्रतियाेगितामा नेपाली पहिलाे भएकी हुन् । विभागका संयाेजक केशब राज रेग्मीको अध्यक्षतामा भएकाे प्रतियाेगितामा कक्षा १२ का पुष्पा राना मगर र साेविता बस्न्यात दाेस्राे र बिएड पहिलाे बर्षका प्रतिभा गुरुङ र माया गुरुङ तेस्राे भएका छन् ।क्याम्पस प्रमुख रामचन्द्र दुवाडीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कक्षा ११ कि आयुषा थापा र धनबहादुर गुरुङ सान्त्वना भएका छन् ।कार्यक्रममा क्याम्पस प्रमुख दुवाडी र स्वतन्त्र विधार्थी युनियन द्रब्यशाह बहुमुखी क्याम्पसका उप सभापति शिवहरी तिमिल्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै कार्यक्रम आयाेजनाकाे प्रविधिक संयोजक जयराम अधिकारीले गरेका थिए…
Topup – Drabya Shah Multiple Campus