Year: 2020

द्रब्यशाह क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुको स्वागत

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रब्यशाह बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा बिहिवार बिविध साँस्कृतिक कार्यक्रम गरेको छ ।स्वतन्त्र विद्यार्थी यूनियनका सभापति प्रविन बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा नगरप्रमुख पन्तले वडा र क्याम्पसको सहयोगमा निर्माण भएको क्यान्टिन उद्घाटन गरेका थिए ।स्ववियूको सक्रियता तथा खानेपानी तथा ढल निकास कार्यालय लमजुङको आर्थिक सहयोग र खानेपान तथा सरसफाई डिभिजन कार्यालय गोरखाका पूर्व डिई रत्न लामिछानेको समन्वयमा निर्माण भएको फिल्टर सहितको पानीघरको पनि उद्घाटन गरिएको छ ।

२०७६ फागुन ६ गते सम्पन्न खेलहरु

नव आगन्तुक विद्यर्थाीहरुको स्वागत कार्यक्रमको अवसरमा अयोजित खेलखकुद कार्यक्रमहरुमा मिति २०७६ फागुन ६ गते छात्रा व्याडमिन्टन, छात्रा भलिबल, स्नातक तहका छात्रा म्युजिकल चेयर, टेबल टेनिस र छात्रा बास्केट बल प्रतियोगिताका सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन्

BA, BBS & BEd प्रथम र दोस्रो बर्षको आन्तरिक परीक्षामा सहभागी बिद्यार्थीहरू

द्रब्य शाह बहुमुखी क्याम्पसको परीक्षा समितिले स्नातक तह प्रथम र द्धितिय वर्षका विद्यार्थीहरुलाई प्रथम आन्तरीक परीक्षा संचालन यहि मिति २०७६ माघ १९ देखि २४ सम्म संचालन गरेको छ । उक्त परीक्षमा विद्यार्थी सहभागिता राम्रो रहेको छ । परीक्षका केही तस्वीरहरु समेत समावेश गरिएको छ ।

क्यूएए प्राप्तिको अन्तिम चरणमा द्रव्यशाह

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्तीको अन्तिम चरणमा पुगेको छ ।क्यूएए को मान्यता प्राप्त गर्ने प्रक्रियाको सन्दर्भमा क्याम्पस  निरिक्षणका लागी आएको विश्वविद्यालय अनुदान आयोगको टोलीको सुझाव अनुसार आवश्यक सुधारहरु गरिएको सहायक क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । ‘निरिक्षणका लागी गत फागुन महिनामा शिव कुमार राईको नेतृत्वमा टोली आएको थियो,’ उनले भने, ‘उहाहरुले सुधार गर्नुपर्ने पक्षहरु भनेर जानुभयो, हामीले त्यसलाइ सुधार गरिसक्यौ ।’ आवश्यक सुधार पश्चात पुनः  निरिक्षणको अन्तिम तयारी भइरहेको उनले बताए । ‘अवको १५ दिनमा आयोगको टोली अन्तिम भिजिट गर्न आउँछ, सबै निरिक्षण गरेपछि क्याम्पसलाई क्यूएएको मान्यता दिने वा नदिने भन्ने निर्णय गर्छ,’…
Topup – Drabya Shah Multiple Campus