११ औँ क्याम्पस सभा सम्पन्न

QAA मान्यता प्राप्त सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखाको ११ औ क्याम्पस सभा जिल्ला समन्वय समितिका प्रमुख श्री मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री शित्तल काजी मास्केको अध्यक्षतामा सम्पन्न क्याम्पस सभामा क्याम्पस प्रमुख श्री एकदेव अधिकारीले क्याम्पसको शैक्षिक प्रगति प्रतिवेदन तथा आगामी शैक्षिक सत्रको योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । समितिका कोषाध्यक्ष श्री ईश्वरकाजी मास्केले आ.ब.२०८१/०८२ को लागि रु. ४ करोड ४ लाख ४० हजार ५ सय रुपयाको आय व्यय तथा बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा विशिष्ट अतिथि नगर प्रमुख श्री कृष्ण बहादुर राना, विशेष अतिथी नगर उप प्रमुख श्री मसलीमाया थोकर, निर्वतमान अध्यक्ष एवं संस्थापक सदस्य श्री धिरजबहादुर मास्के, निर्वतमान क्याम्पस प्रमुख श्री रामचन्द्र दुवाडी, आजिवन सदस्य श्री शंकर बहादुर कुँवर, प्राध्यापक संघ अध्यक्ष श्री कुशललाल श्रेष्ठ, स्ववियु सभापति शौनक घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्याम्पस प्रमुखबाट पेश भएको नीति कार्यक्रममा क्याम्पसमा सञ्चालन भईरहेको कार्यक्रमहरुलाई पुर्नताजकी गर्दै समयको आवश्यकता अनुसार नया कार्यक्रमहरु बी.बी.ए. तथा एम.ए मा समाजशास्त्र विषय थप गर्न स्वीकृत लिने निर्णय गरेको छ । भने विद्यार्थीहरुको नतिजा सुधार, विश्वविद्यालय अनुदान आयोग सँगको गुणस्तर सुधार कार्यक्रमहरु सञ्चालन गर्ने पारित भएको छ । कोषाध्यक्षले प्रस्तुत गर्नुभएको बजेटमा विद्यार्थी सहयोग कार्यक्रम अन्र्तगत छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप, अवलोकन भ्रमण, फिल्ड ट्रिप, बस सञ्चालन, पाठ्यपुस्तक, तथा क्यारियर काउन्सिलिङ शीर्षकहरुमा रु.२४ लाख विनियोजन गरेको छ । त्यसैगरी अनुसन्धान तथा क्षमता विकास कार्यक्रममा रु.२० लाख ५० हजार बजेट विनियोजन गरको छ । शिक्षक कर्मचारीहरुको तलव भत्ता, भौतिक पूर्वाधार सुधार तथा मर्मत लगायत NEHEP कार्यक्रम सञ्चालनको लागि बजेट विनियोजन गरेको छ भने क्याम्पसले विद्यार्थीबाट प्राप्त हुने शुल्क, जेनिश ह्युपल क्याम्पस विकास कोषबाट प्राप्त व्याज, विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान लगायत सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त हुने अनुदान नै क्याम्पसको आम्दानीको स्रोतको रुपमा गणना गरिएको थियो । सम्पन्न ११ औ क्याम्पस सभाले क्याम्पस प्रमुखले प्रस्तुत गर्नुभएको शैक्षिक प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, आ.ब.२०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन लगायतका विषयबस्तुहरु छलफल सहित पारित गरेको छ ।

