द्रब्यशाह बहुमुखी क्याम्पस गोरखाको संचालक समितिको अध्यक्षमा शितल काजी मास्के चयन !!!

द्रब्यशाह बहुमुखी क्याम्पस गोरखाको संचालक समितिको अध्यक्षमा शितल काजी मास्के चयन !!!

गोरखाको लक्ष्मी बजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् । २०७९ मंसिर २४ गते सम्पन्न क्याम्पसको सातौ वार्षिक सभा तथा तेस्रो अधिवेशनबाट मास्केको अध्यक्षतामा नयाँ संचालन समिति चयन गरिएको हो ।

जसमा महालक्ष्मी माविका प्रअ चुण्डामणी काप्री, शाक्ति मावि प्रअ बद्री अर्याल, छात्रवृत्तिदाताहरुकोतर्फबाट इश्वरकाजी मास्के, स्थानीय महिला प्रतिनिधि मिरा पुडासैनी र अभिभावक प्रतिनिधि नन्दलाल बगाले चयन भएका छन् ।

सञ्चालक समितिमा क्याम्पस प्रमुख पदेन सदस्य सचिव सहित पदेन सदस्यहरुमा त्रिवि प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, नगरप्रमुख, वडा अध्यक्ष, प्राध्यापक प्रतिनिधि, स्ववियु सभापति र निवर्तमान अध्यक्ष रहने व्यवस्था छ । समाजसेवी तथा शिक्षा विदहरुबाट चारजना पछि मनोनित गरिने समेन दुवाडीले जानकारी दिए । क्याम्पसको बिधान अनुसार क्याम्पस संचालक समिति १९ सदस्यीय समिति रहने व्यवस्था छ ।

कार्यक्रममा क्याम्पसका संस्थापक गोबर्धन आचार्य र पुरुषोत्तम अर्यालले क्याम्पसको स्थापना कालको बारेमा जानकारी गराएका थिए । सोही कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले १३ करोड ९५ लाख २७ हजार ९५ रुपैया बराबारको बार्षिक आयव्यको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख सपना पुन लगायत क्याम्पसका प्रतिनिधिहरुले क्याम्पसको भाविक कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए |