द्रब्यशाह क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुको स्वागत

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रब्यशाह बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा बिहिवार बिविध साँस्कृतिक कार्यक्रम गरेको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनका सभापति प्रविन बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा नगरप्रमुख पन्तले वडा र क्याम्पसको सहयोगमा निर्माण भएको क्यान्टिन उद्घाटन गरेका थिए ।
स्ववियूको सक्रियता तथा खानेपानी तथा ढल निकास कार्यालय लमजुङको आर्थिक सहयोग र खानेपान तथा सरसफाई डिभिजन कार्यालय गोरखाका पूर्व डिई रत्न लामिछानेको समन्वयमा निर्माण भएको फिल्टर सहितको पानीघरको पनि उद्घाटन गरिएको छ ।







