असोज १९, गोरखा । गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा एकमाया खनाल छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । गोरखा नगरपालिका वडा नं ८ का पवनरमण खनालले आमाको मृत्यु भएको ४५ दिनको पुण्यतिथिको अबसरमा २५ हजार ५ सय ५५ रुपैयाँको एकमाया खनाल छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो। क्याम्पसका पुर्व उप प्राध्यापक समेत रहनुभएका खनालले अक्षयकोषको रकम क्याम्पस संचालक समितिका अध्यक्ष धिरजबहादुर मास्केलाई हस्तान्तरण गर्नुभयो । छात्रवृत्ति कोषमा रकम थप गर्दै जाने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ। अक्षयकोषको रकमबाट गरिव तथा जेहन्दार छात्रा विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गरिने क्याम्पस प्रशासनले जनाएको छ