द्रब्यशाह वहुमुखी क्याम्पस लक्ष्मीबजरा, गोरखाको आयोजनामा नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ को अनिवार्य अंग्रेजी र ऐच्छिक अंग्रजी विषयको सहजीकरण गर्ने उद्देश्यका साथ गोरखा जिल्ला भित्रका अंग्रेजी विषय अध्यापन गराउनु हुने शिक्षकहरुका लागि यहि मिति २०७७ माघ ३० र फागुन १ गते क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केको अध्यक्षतामा अभिमुकरण कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पाठ्यक्रम विकास केन्द्रका अंग्रेजी विषय समितिको सभापती प्रा. डा. बाल मुकुन्द भण्डारी एवं विशिष्ठ अतिथि सह प्राध्यापक श्री लोक राज रेग्मीद्धारा गरियो । उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले प्रमुख अतिथि, अतिथि एवं सहभागिहरुलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रमको उद्देश्य लगायत विषयगत रुपमा रहेका समस्याहरुलाई सहजिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. भण्डारीले नयाँ पाठ्यक्रमको औचित्यता र विद्यालय शिक्षण सिकाईका लागि आवश्यक सहजिकरणले बारेमा प्रष्ट्याउनु भएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजकर्ता द्धय प्रा. डा. बालमुकुन्द भण्डारी र सह प्राध्यापक श्री लोकराज रेग्मीद्धारा वर्तमान कक्षा ११ को नयाँ पाठ्यक्रमको अनिवार्य अंग्रेजी र ऐच्छिक अंग्रेजी विषयको पाठ्यक्रमको उद्देश्य र शिक्षण सिकाई शिक्षक निर्वाह गर्नु पर्ने क्रियाकलाप र कक्षाकोठा देखिएको समस्याको सहजिकरण बारेमा अन्तक्रिया गरिएको थियो । उक्त अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका ३५ जना सहभागि रहनु भएको थियो ।