शैक्षिक गुणस्तर वृद्धिका लागी अवलोकन भ्रमण

शैक्षिक गुणस्तर वृद्धिका लागी अवलोकन भ्रमण

द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा मिति २०८२ पुस २० देखि २२गते सम्म QAA मान्यता प्राप्त कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (पोखरा), वालिङ बहुमुखी क्याम्पस (स्याङ्जा) र आदिकवि भानुभक्त क्याम्पस (तनहुँ) को शैक्षिक अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भयो। यस क्रममा शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर सुनिश्चितता सम्बन्धी विषयमा गहन छलफल र अभ्यास–साझेदारी गरियो।भ्रमणका क्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पससँग नयाँ सम्झौता–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो भने आदिकवि भानुभक्त क्याम्पससँगको MoU यसअघि नै सम्पन्न भइसकेको छ। यी सम्झौताअनुसार शैक्षिक सहकार्य, अनुसन्धान, क्षमता विकास र गुणस्तर सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आपसी प्रतिबद्धता व्यक्त गरिएको छ।छलफलमा विद्यार्थी–शिक्षक–कर्मचारीमैत्री वातावरण, निरन्तर मूल्याङ्कन, सहभागीमूलक पठन–पाठन, ICT को प्रयोग, अनुसन्धान संस्कृति, पूर्वविद्यार्थी सहभागिता र रोजगारमुखी शिक्षा जस्ता समसामयिक विषयहरूमा अर्थपूर्ण अन्तरसंवाद सम्पन्न भयो।यस अवसरमा भ्रमणमा सहभागी सबै क्याम्पसका क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीज्यूहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। विशेषगरी द्रव्यशाह बहुमुखी क्याम्पसको तर्फबाट सहभागी हुनुहुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री मनोज प्रसाद धिताल, उपाध्यक्ष श्री मोहन प्रकाश पोखरेल, गो.न.पा.–९ का वडा अध्यक्ष एवम् क्याम्पस सञ्चालक समिति सदस्य श्री कुलबहादुर कुँवर, समिति सदस्यहरू श्री शंकरबहादुर कुँवर, श्री ज्ञानहरी अर्याल, श्री टेकबहादुर राना लगायत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय, जिम्मेवार र प्रेरणादायी सहभागिता अत्यन्तै प्रशंसनीय रह्यो।अन्त्यमा, यस भ्रमणबाट प्राप्त असल अभ्यास, अनुभव र सिकाइहरू लाई “सिक्यौँ–सिकायौँ” को भावनाअनुसार कार्यान्वयन गर्दै टिमवर्क, उत्तरदायित्व र सकारात्मक कार्यसंस्कृति विकास गर्न क्याम्पस प्रशासन सबैमा हार्दिक अनुरोध गर्दछ।

द्रव्यशाह बहुमुखी क्याम्पस परिवार

Topup – Drabya Shah Multiple Campus