द्रव्यशाहमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम
क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थीहरुलाई कानूनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा जानकारी दिने उद्देश्यले गोरखा नगरपालिकाको न्यायिक समितिले ‘विद्यार्थीसंग न्यायिक समिति’ कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहको न्यायिक समितिले सम्पादन गर्दै आएका काम कारबाहीको बारेमा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यसहित द्रव्यशाह क्याम्पसमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम सम्पन्न भएको हो । गोरखा नगरपालिका, न्यायिक समितिको आयोजना तथा क्याम्पसको समन्वयमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलार्ई कानुनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा अभिमुखीकरण गरिएको सहायक क्याम्पस प्रमुख कुष्णप्रसाद पराजुलीले बताए । ‘क्याम्पसमा अध्ययनरत्त विद्यार्थीहरुलाई कानुनी सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रमको आयोजना भएको हो’, उनले भने ।…
जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन
मिति २०८२ फागुन ३० गते यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा समुदायमा जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन १ दिने कार्यशाला गोष्ठी जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहनवहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । डिभिजन बन कार्यालय, गोरखाका प्रमुख श्री मदन मोहन सालिण्य र कृषि ज्ञानकेन्द्रका प्रमुख श्री कुलप्रसाद तिवारीले कार्यक्रम सहजिकरण गर्नुभएको थियो । क्याम्पस प्रमुख श्री एकदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय सामुदायिक बन समुह, कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सोही अवसरमा श्री टक्सारटारी सामुदायिक बन उपभोक्ता समूहको आहाले डाँडामा आगलागी नियन्त्रण र अग्निरेखा बनाउन प्रशिक्षण समेत प्रदान…
Ethical Use of AI in Research and Publication
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको आयोजनामा Workshop on Ethical Use of AI Research & Publication शुरूभएको छ । वर्कसपमा क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरू , गोरखा क्याम्पस, भवानी बहुमुखी क्याम्पस, भिमोदय बहुमुखी क्याम्पस, आबुखैरेनी बहुमुखी क्याम्पसका प्राध्यापकहरूको सहभागीता रहेको छ । नीति तथा अनुसन्धान कार्यालयका डा.निरञ्जन देवकोटाज्यूले प्रशिक्षण गर्नुभएको छ
४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२
जनसहभागिताबाट सञ्चालित QAA प्राप्त जिल्लाको पहिलो र ठूलो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसको ४१ औ बार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री मनोज प्रसाद धितालज्यूको सभापतित्वमा सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा.महानन्द चालिसेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कानुन संकायका सहायक डीन सह प्राध्यापक श्री केशरमणी अर्यालज्यूको विशिष्ट आतिथ्यतामा भएको थियो ।कार्यक्रममा क्याम्पसमा स्थापना भएका छात्रवृत्ति अक्षयकोष दाताहरुलाई सम्मान, दिर्घसेवा पदकबाट सम्मान, Faculty Publication Award, Best Thesis Award, Toper Student Award [Faculty wise], Best project Report Award नगद तथा सम्मान, मुलकी खरीदार गुणवन्त सिंह पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा संस्थापक…
४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२
दोस्रो दिन (२०८२ माघ १२ गते) यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको ४१ औ बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर आज दोस्रो दिन क्याम्पसको आन्तरिक भलिबल प्रतियोगिता शुरू भएको छ । छात्रछात्राको टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२
पहिलो दिन (२०८२ माघ ११ गते) यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको ४१ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज Day 1 छात्रछात्रा सटपुट प्रतियोगिता सम्पन्न गरियो । आज नै लायन्स क्लब अफ गोरखाद्वारा संचालित गोरखा लायन्स आखा सेवा केन्द्र गोरखाको सहयोगमा क्याम्पसमा अध्ययनरत विद्यार्थी एवं प्राध्यापक तथा कर्मचारीहरू गरी 105 जनाको निशुल्क आखा परिक्षण गरिएको थियो । जसमा 18 जनाको Vision Error आएको थियो । आखा जाचमा सहयोग गर्नुहुने गोरखा लायन्स आखा सेवा केन्द्रलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
शैक्षिक गुणस्तर वृद्धिका लागी अवलोकन भ्रमण
द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा मिति २०८२ पुस २० देखि २२गते सम्म QAA मान्यता प्राप्त कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (पोखरा), वालिङ बहुमुखी क्याम्पस (स्याङ्जा) र आदिकवि भानुभक्त क्याम्पस (तनहुँ) को शैक्षिक अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भयो। यस क्रममा शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर सुनिश्चितता सम्बन्धी विषयमा गहन छलफल र अभ्यास–साझेदारी गरियो।भ्रमणका क्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पससँग नयाँ सम्झौता–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो भने आदिकवि भानुभक्त क्याम्पससँगको MoU यसअघि नै सम्पन्न भइसकेको छ। यी सम्झौताअनुसार शैक्षिक सहकार्य, अनुसन्धान, क्षमता विकास र गुणस्तर सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आपसी प्रतिबद्धता व्यक्त गरिएको छ।छलफलमा विद्यार्थी–शिक्षक–कर्मचारीमैत्री वातावरण, निरन्तर…

