४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२
जनसहभागिताबाट सञ्चालित QAA प्राप्त जिल्लाको पहिलो र ठूलो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसको ४१ औ बार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री मनोज प्रसाद धितालज्यूको सभापतित्वमा सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा.महानन्द चालिसेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कानुन संकायका सहायक डीन सह प्राध्यापक श्री केशरमणी अर्यालज्यूको विशिष्ट आतिथ्यतामा भएको थियो ।कार्यक्रममा क्याम्पसमा स्थापना भएका छात्रवृत्ति अक्षयकोष दाताहरुलाई सम्मान, दिर्घसेवा पदकबाट सम्मान, Faculty Publication Award, Best Thesis Award, Toper Student Award [Faculty wise], Best project Report Award नगद तथा सम्मान, मुलकी खरीदार गुणवन्त सिंह पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा संस्थापक स्व.शम्भुबाबु मरहट्टा स्मृती प्रतिष्ठानबाट रू.१२००० को पुरस्कार राशी प्रदान गरिएको थियो ।सोही बार्षिकोत्वसको अवसर पारेर सटपुट प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, छात्र भलिवल प्रतियोगिता, छात्रा भलिवल प्रतियोगिता, नगरपालिका मा.वि.स्तरीय दौड प्रतियोगिता, जिल्लाका क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरु बीच व्याडमिन्टन प्रतियोगिता बाट उत्कृष्ठ हुने प्रतिष्पर्धीहरुलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।कार्यक्रममा उपाध्यक्ष श्री मोहन प्रकाश पोखरालले स्वागत मन्तव्य गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्री एकदेव अधिकारीले क्याम्पसको छोटो जानकारी बताउनु भएको थियो । त्यसैगरि आजिवन सदस्य श्री मोहनलाल श्रेष्ठ, क्याम्पस संचालक समिति सदस्य श्री शंकरबहादुर कुँवर, आबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख श्री भिमदत्त शर्मा, प्राध्यापक संघका अध्यक्ष श्री कुशललाल श्रेष्ठ, स्ववियु सभापति श्री अविन श्रेष्ठ, नेविसंघ अध्यक्ष श्री प्रमोदजङ कुँवर, अखिल क्रान्तिकारी प्रतिनिधी श्री अनिस अर्यालले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । स्व.शम्भुबाबु मरहट्टा स्मृती प्रतिष्ठानबाट तुलसा मरहट्टाज्यूले रु.१२ हजार बराबरको छात्रवृत्ति छात्रा सन्तोषी थापा मगरलाई प्रदान गरिएको थियो ।कार्यक्रम सञ्चालन उप प्रशासक श्री सुजन कुँवर, सहायक क्याम्पस प्रमुख श्री कृष्ण प्रसाद पराजुली र अतिरिक्त क्रियाकलाप प्रमुख श्री केशवराज रेग्मीबाट सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुबाट विभिन्न साङ्गितिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैजना प्रति हार्दिक हार्दिक धन्यवाद।



























