Category: Events

द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा QAA प्रमाणपत्र प्राप्त गर्न सफल !!!

द्रव्यशाह बहुमुखी क्यम्पुस, गोरखा जिल्लामै QAA प्रमाणपत्र प्राप्त गर्ने पहिलो क्याम्पस भएको छ | बि. स. २०७९ असार २९ गते विश्वविध्यालय अनुदान आयोगको सभा कक्षमा आयोगकाअध्यक्ष प्रा. डा. भिम प्रसाद सुबेदीले एक समारोह बिच क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केलाई उक्त प्रमाणपत्र प्रदान गर्नु भएको हो | गुणस्तर सुनिस्चितता तथा प्रत्यायन (QAA) का लागि सबै सूचकहरु पुरा गरेकोले मिति २०७९ आसर २४ गते बसेको QAA Council को बैठकले गरेको सिफारिशको आधारमा उक्त प्रमाणपत्र प्रदान गरिएको हो | आवश्यक सम्पूर्ण सूचकहरुको मुल्यांकनका लागि गठित PRT का संयोजक प्रा. डा. शिव कुमार राई, सदस्य विदेसी प्राध्यापक डा. अमरेश दुवे, सदस्य…

जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम !!!

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ | क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय -२०७९ मा गोरखा नगरपालिकाबाट निर्वाचित नगरप्रमुख श्री कृष्ण बहादुर राना मगर, उपप्रमुख श्री मसली माया थोकर (सपना पुन), नगरपालिकाका सबै वडाका वडाध्य्क्षहरु र क्याम्पस अवस्थित वडा नं. ९ का वडा सदस्यहरु समेत गरी २० जना जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको हो | उक्त अवसरमा क्याम्पस प्रमुख श्री रामचन्द्र दुवाडीले क्याम्पसको विद्यमान अवस्थाको बारेमा जानकारी गराउदै क्याम्पस संचालनाका चुनौतिहरु समेत प्रस्तुत गर्नु भएको थियो भने नगर प्रमुख राना मगर, उपप्रमुख सपना पुन…

Dissertation Writing सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न !!!

द्रब्यशाह बहुमुखी क्याम्पसमा गोरखाका प्राध्यापक तथा विद्यार्थीहरुलाई Dissertation Writing सम्बन्धी दुइ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ |क्याम्पसको व्यवस्थापन संकायद्वारा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्व बिद्यालयका कार्यकारी सदस्य प्राध्यापक डा. महानन्द चालिसेद्वारा Dissertation Writing सम्बन्धी विषय वस्तुहरुको बारेमा प्रसिक्षण दिनुभएको थियो | स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीहरु र कार्यरत प्राध्यापकहरु गरी उक्त कार्यक्रममा ४८ जनाको सहभागीता रहेको थियो |

QAA कालागि PRT Follow Up Visit सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा QAA कालागि PRT Follow Up Visit कार्यक्रम सम्पन्न भएको छ | विश्व विद्यालय अनुदान आयोगबाट प्रा. डा. शिव कुमार राईको संयोजकत्वमा गठीत Peer Review Team ले चैत २१, २२ र २३ गते क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्षहरुसँग क्याम्पसको गुणस्तरियताका बारेमा आन्तार्क्रिया गरी सो कार्यक्रम सम्पन्न गरेको हो | कार्यक्रमका अवसरमा क्याम्पसको गुणस्तरियताकालागि समग्र पक्षहरुमा सुझाव प्रदान गरेकोमा क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केले संयोजक प्रा. डा. शिव कुमार राई, PRT सदस्य आश्मा आधिकारी एवं विश्व बिद्यालय अनुदान आयोगप्रति हार्दिक आभार व्यक्त गर्नु भयो |

नयाँ भर्ना तथा पठनपाठन संबन्धमा !!!

यस क्याम्पसमा शैक्षिक सत्र २०७८/२०७९ मा स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, व्यबस्थापन एवं शिक्षा शास्त्र संकाय अन्तर्गत BA/BBS/BEd प्रथम वर्षको पठनपाठन यही माघ १० गते बाट संचालन हुने भनी सुचना सम्प्रेषण गरिएकोमा COVID-19को नयाँ ओमिक्रोंन भाइरसको बढ्दो जोखिमका कारण अझै नयाँ विद्यार्थीहरु भर्ना हुने र MS-Teams को ID/Password लिने क्रम जारी रहेकोले मिति २०७८ माघ १७ गते सोमबारबाट बिहानी सत्रमा ६:३० बजे बाट संचालन हुने जानकारीका साथ यो सुचना जारी गरिएको छ | दैनिक पठनपाठनको तालिका बिद्यार्थीको ID मा उपलब्ध गराइने ब्यहोरा समेत जानकारी गराइन्छ |

नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे !!!

द्रब्यशाह बहुमुखी क्याम्पसमा भएकाे नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे भएकी छिन् ।क्याम्पसकाे अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा भएको प्रतियाेगितामा नेपाली पहिलाे भएकी हुन् । विभागका संयाेजक केशब राज रेग्मीको अध्यक्षतामा भएकाे प्रतियाेगितामा कक्षा १२ का पुष्पा राना मगर र साेविता बस्न्यात दाेस्राे र बिएड पहिलाे बर्षका प्रतिभा गुरुङ र माया गुरुङ तेस्राे भएका छन् ।क्याम्पस प्रमुख रामचन्द्र दुवाडीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कक्षा ११ कि आयुषा थापा र धनबहादुर गुरुङ सान्त्वना भएका छन् ।कार्यक्रममा क्याम्पस प्रमुख दुवाडी र स्वतन्त्र विधार्थी युनियन द्रब्यशाह बहुमुखी क्याम्पसका उप सभापति शिवहरी तिमिल्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै कार्यक्रम आयाेजनाकाे प्रविधिक संयोजक जयराम अधिकारीले गरेका थिए…
Topup – Drabya Shah Multiple Campus