जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम !!!
द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ | क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय -२०७९ मा गोरखा नगरपालिकाबाट निर्वाचित नगरप्रमुख श्री कृष्ण बहादुर राना मगर, उपप्रमुख श्री मसली माया थोकर (सपना पुन), नगरपालिकाका सबै वडाका वडाध्य्क्षहरु र क्याम्पस अवस्थित वडा नं. ९ का वडा सदस्यहरु समेत गरी २० जना जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको हो | उक्त अवसरमा क्याम्पस प्रमुख श्री रामचन्द्र दुवाडीले क्याम्पसको विद्यमान अवस्थाको बारेमा जानकारी गराउदै क्याम्पस संचालनाका चुनौतिहरु समेत प्रस्तुत गर्नु भएको थियो भने नगर प्रमुख राना मगर, उपप्रमुख सपना पुन लगायत जनप्रतिनिधिहरुले क्याम्पसको दिगो संचालनमा नगरपालिकाबाट आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो |


