नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे !!!
द्रब्यशाह बहुमुखी क्याम्पसमा भएकाे नृत्य प्रतियोगितामा लक्ष्मी नेपाली पहिलाे भएकी छिन् ।क्याम्पसकाे अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा भएको प्रतियाेगितामा नेपाली पहिलाे भएकी हुन् । विभागका संयाेजक केशब राज रेग्मीको अध्यक्षतामा भएकाे प्रतियाेगितामा कक्षा १२ का पुष्पा राना मगर र साेविता बस्न्यात दाेस्राे र बिएड पहिलाे बर्षका प्रतिभा गुरुङ र माया गुरुङ तेस्राे भएका छन् ।क्याम्पस प्रमुख रामचन्द्र दुवाडीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कक्षा ११ कि आयुषा थापा र धनबहादुर गुरुङ सान्त्वना भएका छन् ।कार्यक्रममा क्याम्पस प्रमुख दुवाडी र स्वतन्त्र विधार्थी युनियन द्रब्यशाह बहुमुखी क्याम्पसका उप सभापति शिवहरी तिमिल्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै कार्यक्रम आयाेजनाकाे प्रविधिक संयोजक जयराम अधिकारीले गरेका थिए भने सञ्चालन प्राध्यापक नकुल थापा गरेका थिए ।

