अभ्यास शिक्षण परिचय
अभ्यास शिक्षण एक प्रयोगात्मक पाठ्यांश हो । शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरुले पूर्व निर्धारित पाठ्यक्रमको आवश्यकता परिपुर्ति गर्नका लागि तोकिएको सहयोगी विद्यालयमा गई प्रयोगत्मक तथा अभ्यासात्मक कार्य गर्नुपर्दछ । यसले छात्र शिक्षकलाई कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तानमा सहयोग गर्दछ । वास्तवमा सफल शिक्षक बन्नको साथै शिक्षणलाई प्रभावकारी बनाउन छात्र शिक्षकमा आवश्यक शैक्षिक योग्यताको अतिरिक्त विद्यालयको यथार्थ वातावरणमा शिक्षण गर्न शिक्षक तालिम आवश्यक मानिन्छ । एउटा सफल शिक्षकको दायित्व कक्षा कोठामा पढाउने पाठको प्रकृति अनुसार आवश्यक शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग, उपयुक्त शिक्षण विधि र मुल्यांकनको निर्माण तथा प्रयोग गरी शिक्षण गर्नु हो । यिनै कुराहरुलाई ध्यानमा राखी अभ्यास शिक्षणको अवसर प्रदान गरी प्रत्येक छात्र शिक्षकलाई शिक्षण कार्यमा दक्ष बनाउनु नै अभ्यास शिक्षणको प्रमुख उद्देश्य हो । यो कार्यक्रम शिक्षाशास्त्र संकायको स्नातक तह चौथो वर्षमा सञ्चालन गरिन्छ ।
अभ्यास शिक्षण समितिको विवरण
| क्रंसं. | पद | नामथर | सम्पर्क न. | योग्यता |
|---|---|---|---|---|
| १ | संयोजक | श्री | ९८५६०४००८७ | एम.एड. पाठ्यक्रम |
| २ | सदस्य | श्री | ९८४६१५८५०० | एम.एड. अंग्रेजी |
| ३ | सदस्य | श्री | ९८५६०४०९९३ | एम.एड. अंग्रेजी |
| ४ | सदस्य | श्री | ९८४१७३५५०६ | एम.एड. स्वास्थ्य शारीरिक |
| ५ | सदस्य | श्री | ९८४६०८९०३३ | एम.ए/ विं.एड नेपाली |

