Students Performance

Untitled-1

द्रव्यशाह बहुमुखी क्याम्पस

कविता

सुन्दर अनि हरियाली वातावरण को माझ मा
द्रव्यशाह क्याम्पस छ लक्ष्मी बजार गोर्खा मा।।

हेरिरहन मन लाग्छ हरियो पहिलो कलेज को रङ्ग
यो कलेजमा पढ्न पाए जिवनमा पाइन्छ उमङ्ग।।

खानेपानी क्यान्टिन अनि शौचालयको सुबिधा छ
सबै कुरा सफा अनि स्वास्थ चिजको प्रयोग हुन्छ।।

यहि पढेमा पूरा हुन्छ ठुलो बन्ने हाम्रो इच्छा
गुरुहरु धेरै नै छन् पाइन्छ यहाँ गुणस्तरीय शिक्षा।।

रमणीय वातावरण सालका रुख छन् बाटैभरी
बीचमा हाम्रो सुन्दर कलेज फुलहरु छन् वरिपरि।।

खेल्नेलाइ खेलमैदान र पढ्ने लाई लाइब्रेरी छ
शिक्षक विद्यार्थी अनुशासनमा QAA प्राप्त गरेको छ।।

पढ्न लाई पोर्जेक्टर अनि सिक्न लाई कम्प्युटर छ
यहि पढेर धेरै विद्यार्थी राम्रो अनि सफल बनेको छ।।

हिजोपनी कैयौं विद्यार्थी यहि कलेजमा पढेका थिए
आज आएर यही कलेज पढ्नु राम्रो भनी सुझाव दिए।।

आउनु होला यहि कलेजमा सबैजना अध्यन गर्न
अध्यापन गरे सजिलो हुन्छ भबिस्य मा अघि बढ्न।।
धन्यवाद !

सलिना मियाँ

Topup – Drabya Shah Multiple Campus